नियम
सञ्चालक समितिको गठन

(१) कोषको सञ्चालन तथा व्यवस्थापन गर्ने काम समेतको लागि एक कोष सञ्चालक समिति रहनेछ ।
(२) सञ्चालक समितिको गठन देहाय बमोजिम हुनेछ :–
(क) सचिव, मन्त्रालय अध्यक्ष
(ख) सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सदस्य
(ग) सहसचिव, अर्थ मन्त्रालय सदस्य
(घ) सहसचिव, गृह मन्त्रालय सदस्य
(घ१) सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय -सदस्य
(घ२) सहसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय -सदस्य
(ङ) प्रहरी नायब महानिरीक्षक, महिला तथा बालबालिका सेवा निर्देशनालय, प्रहरी प्रधान कार्यालय सदस्य
(च) लैङ्गिक हिंसा निवारणको क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरु मध्येबाट सञ्चालक समितिले तोकेको संस्थाको प्रतिनिधि १ जना सदस्य
(छ) सहसचिव, ... मन्त्रालय सदस्य–सचिव
(३) उपनियम (२) को खण्ड (च) बमोजिमको सदस्यको पदावधि ३ बर्षको हुनेछ ।
(४) सञ्चालक समितिको सचिवालय मन्त्रालयमा रहनेछ ।